आयोजक एक्सेल्सियरको दोहोरो जित

माघ २५, २०८१

कान्तिपुर संवाददाता

A double win for hosts Excelsior

काठमाडौँ — आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित पाएको छ । सिनियर ब्वाइजमा एक्सेल्सियरले रेडियन्ट रिडर्सलाई ४२–२१ स्कोरले हरायो । एक्सेल्सियरका छिरिङ गुरुङले २० स्कोर जोडे । सिनियर गर्ल्समा एक्सेल्सियर ‘रातो’ ले श्री नवीन ज्योतिलाई १३–२ ले हरायो । एक्सेल्सियरकी अकिना घिमिरेले ४ स्कोर जोडिन् ।

सिनियर ब्वाइजमै पिपुल्स एकेडेमीले श्री नवीन ज्योतिलाई ६–२, स्वर्णिमले संस्कृतिस्कुललाई ४१–१३ र निःसर्ग बाटिकाले न्यु जेनिथलाई २१–१५ ले हराए । पिपुल्सका आयुशले ४, स्वर्णिमका प्रतीक महर्जनले १८ र निःसर्ग बाटिकाका अर्नव खत्रीले ७ स्कोर गरे ।

गर्ल्सतर्फ स्वर्णिमले एक्सेल्सियर ‘नीलो’ लाई १५–४ र रेडियन्ट पब्लिकले राई स्कुललाई १९–४ ले हराए । स्वर्णिमकी नितिशा महर्जनले ४ र रेडियन्टकी सिना खनालले ६ स्कोर गरे ।

त्यस्तै ब्वाइज फुटसलको यू–९ मा विद्यावाणीले काभ्यालाई २–०, काभ्याले ग्यालेक्सी पब्लिकलाई ६–१ र एक्सेल्सियरले ग्यालेक्सीलाई ६–० गोलले पराजित गरे । यू–११ मा काभ्याले राई स्कुललाई १–० गोलले हरायो । यू–१४ मा एक्सेल्सियरले मेगसलाई २–०, इम्पेरियल वर्ल्डले ग्यालेक्सीलाई १–० र एक्सेल्सियरले होली भिजनलाई ५–० गोलले पाखा लगाए । काभ्या र मेगसले गोलरहित बराबरी खेले । यू–१६ मा ग्यालेक्सीले स्वस्तिश्रीलाई २–० गोलले हरायो ।

कान्तिपुर

Link copied successfully