जुनियरतर्फ गुरुकुल र फेरिल्यान्ड क्वाटरफाइनलमा

माघ २५, २०८१

कान्तिपुर संवाददाता

Gurukul and Feriland in the quarterfinals for the juniors

काठमाडौँ — गुरुकुल र हिमालय प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनल पुगेका छन् ।

गुरुकुलले मन्जरीलाई २०–१४ ले पराजित गर्‍यो । गुरुकुलको जितमा रुबल घलेले ६ स्कोर गरे । सुलन श्रेष्ठको ६ स्कोर सहयोगमा हिमालयले फ्युजन एकेडेमीलाई २७–१७ ले हरायो ।

सोही स्पर्धामा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुललाई २६–१६ तथा ग्रिनल्यान्डले रिलायन्स को–एडलाई २३–१८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । बीएनएका कुशल थापाले ११ स्कोर गरे ।

जुनियर गर्ल्समा बौद्ध चिल्ड्रेन हेभेनले बीएनएलाई २६–२०, न्युटनले पिक प्वाइन्टलाई २७–१८, फेरिल्यान्डले ग्रिनल्यान्डलाई ३९–२९ र एपेक्स लाइफले ब्रेनल्यान्डलाई २२–१८ ले हराएर क्वाटरफाइनल यात्रा तय गरे । बौद्धकी जस्मिन गुरुङले १२, न्युटनका आईरिन राणाले ११, फेरिल्यान्डकी खुशबु मगरले १५ र एपेक्स लाइफकी जेसिका सरकारले ६ स्कोर बटुले ।

कान्तिपुर संवाददाता

Link copied successfully