हाङथुम कप : रामेछापको लिखुभुजि र सुनसरीको सिर्जना युथ फाइनलमा

माघ २५, २०८१

दीपेन्द्र शाक्य

Hangthum Cup: Ramechhap's Likhubhuji and Sunsari's creation in youth finals

संखुवासभा — रामेछापको लिखुभुजि क्लब संखुवासभाको मूलखर्कमा जारी ४६ औं हाङथुम कपको फाइनल प्रवेश गरेको छ । शुक्रबारको सेमिफाइनलमा धनकुटाको डाँडा युथलाई ४–० गोलले हराउँदै रामेछापले फाइनल यात्रा तय गरेको हो ।

रामेछापको तर्फबाट मनविज राईले खेल सुरु भएको चौथो मिनेटमा गोल गरेर टिमलाई अग्रता दिएका थिए । रामेछापका लागि प्रकाश जिमीले दोस्रो हाफको १२ औं मिनेटमा अर्को गोल गरे । लगत्तै दोस्रो हाफको १७ औं मिनेटमा मनविज राईले अर्को गोल थपेका थिए । दोस्रो हाफको ३८ औं मिनेटमा प्रवीण सुनुवारले सिर्जनाविरुद्ध १ गोल गरेका थिए । 

त्यस्तै शुक्रबारै भएको अर्को सेमिफाइनलमा सुनसरीको सिर्जना युथले झापाको चुलाचुली स्पोर्टिङ क्लबलाई १–० गोलले हराएको छ । सिर्जना युथका लागि दोस्रो हाफको २२ औं मिनेटमा पियाङ राईले गरेको गोल निर्णायक बनेको थियो । जितसँगै सिर्जना युथ पनि फाइनलमा पुगेको छ । शनिबार उसले रामेछापको लिखुभुजि क्लबसँग उपाधिका लागि भिड्ने आयोजक हाङथुमका अध्यक्ष असिम जिमीले बताए । 

प्रतियोगिताको फाइनल शनिबार मादी नगरपालिका-३ मूलखर्कमा हुनेछ । प्रतियोगिताका विजेताले २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले १ लाख १० हजार १ सय रुपैयाँमा चित्त बुझाउनु पर्ने छ । प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका गरी ८ टिम सहभागी थिए ।

दीपेन्द्र

Link copied successfully