बुद्ध माविलाई गोदावरी अन्तर विद्यालय उपाधि

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Buddha Mavilai Godavari Inter School Degree

ललितपुर — दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि बाँडेगाउँको बुद्ध माविले जितेको छ ।

विनायक स्पोर्ट्स कम्प्लेक्समा बिहीबार फाइनलमा लेलेको अमरक्रान्ति माविलाई ४–२ ले हराएर बुद्ध माविले दोस्रो पटक गोदावरी नगर विद्यालयस्तरीय प्रतियोगिता जितेको छ । बुद्धको जितमा सचिन तामाङले २, राज घिमिरे र प्रमेश थिङले १–१ गोल गरे । अमरक्रान्तिबाट दुवै गोल जिगरजंग सिलवालले गरे ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाए । श्री ज्ञानकुण्ड युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी गंगा जमुना स्कुलका विपिन मर्हजन भए । उत्कृष्ट गोलकिपर बुद्ध माविका सुमन तिरुवा भए भने उदीयमान खेलाडीको पुरस्कार सरस्वती मावि लेलेका कर्मा तामाङले पाए । सरस्वती माविकै उत्सव नगरकोटी सर्बाधिक गोलकर्ता भए ।

विजेता खेलाडीलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले पुरस्कार प्रदान गरे ।

कान्तिपुर

Link copied successfully