बुढासुब्बा गोल्डकपको उपाधिका लागि एनआरटी र चर्च ब्वाइज भिड्ने 

माघ २४, २०८१

अर्जुन सुवेदी

NRT and Church Boys clash for Budhasubba Gold Cup title

सुनसरी — साविक विजेता न्यूरोड टिम (एनआरटी) २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा एनआरटीले युनाईटेड खर्साङ फुटबल क्लब यूकेएफसीलाई ३–१ गेल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । एनआरटीलाई उपाधि नजिक पुर्‍याउन प्रदीप बुढाथोकी दुई गोल गरे । शिशिर लेखीले एक गोल थपे । 

धरान रंगशालामा भएको खेलको २८ औं मिनेटमा शिशिरको गोलबाट अग्रता लिएको एनआरटी तीन मिनेटलगत्तै गोल खान पुगेको थियो । यूकेएफसीका हेमराज भुजेलले ३१ औं मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो । 

४५ औं मिनेटमा प्रदीपले गोल गरेपछि पहिलो हाफमा एनआरटीले २–१ को अग्रता लिएको थियो । खेलको ७६ औं मिनेटमा शिशिरको पासमा प्रदीपले नै व्यक्तिगत दोस्रो गोल गरेपछि एनआरटीले ३–१ को जित हात पारेको हो । खेलको म्यान अफ द म्याच शिशिर घोषित हुँदै नगद १० हजार हात पारे । 

आजको विजेता एनआरटीले उपाधिका लागि शनिबार चर्च ब्वाइजसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

अर्जुन

Link copied successfully