भद्रपुर झापा गोल्डकप फागुन ७ देखि

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Bhadrapur Jhapa Gold Cup from February 7

विराटनगर — भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आगामी फागुन ७ देखि हुने भएको छ । हालै दिवंगत भएका पूर्वफुटबलर गम्भीर राई स्मृतिको आयोजना गर्न लागिएको प्रतियोगिता भद्रपुरस्थित मेची रंगशालामा हुने छ ।

प्रतियोगितामा तीन पाहुना टोली र दुई विभागीय टोलीसहित १० टोलीले भाग लिने आयोजकले जनाएको छ । उद्घाटन खेलमा भद्रपुर ब्लेजर्स र पाहुना टोली दार्जिलिङ पुलिस फुटबल क्लब (भारत)बीच प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगितामा नेपाल पुलिस, एपीएफसँगै भारत, बंगलादेश र भुटानको टोलीले सहभागिता जनाउने छन् । त्यस्तै झापा–११ एफसी, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, न्युरोड टिम (एनआरटी) लगायतको सहभागिता रहने छ । प्रतियोगिताका विजेताले नगद १३ लाख तथा उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने छन् । 

प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ७८ लाख रुपैयाँ खर्च अनुमान आयोजकले गरेको छ । 

सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई १ लाख ५ हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकः २५/२५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचः २१ हजार रुपैयाँ दिइने छ । 

प्रतियोगितामा भद्रपुर नगरपालिका संरक्षक तथा झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रूपमा रहेको छ । 

कान्तिपुर

Link copied successfully