काठमाडौँ — काठमाडौं महानगरपालिका वडा २६ ले विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगितामा पदक जित्न सफल वडा २६ का खेलाडी, प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ ।
टेबलटेनिसका चन्दन शाही र आर्यन शाहीलाई १५–१५ हजार, नन्दु शाही, एड्रेन शाही र सम्भवराज पन्तलाई ५–५ हजार नगदसहित प्रशंसापत्रबाट सम्मान गरियो । अनिता महर्जन र हरिकृष्ण श्रेष्ठ पनि सम्मानित भए ।
भेट्रान बास्केटबल टोलीका विजेता शैलेशकुमार श्रेष्ठ, राजेश मास्के, विपेन्द्र महर्जन, कर्मा गुरुङ, शान्तरत्न महर्जन, अनिल महर्जन, शैलेन्द्र नकर्मी, सरोज श्रेष्ठ, विपिन कपाली, सन्जिवमान प्रधान, प्रशान्त ताम्राकार र फिरोज प्रधानलाई प्रशंसापत्रसहित सम्मान गरियो ।
तेक्वान्दो खेलाडी सिजन श्रेष्ठ, दिया रजक, स्वीकार रजक, नारायण बोगटी र प्रशंसा रजक सम्मानित भए । तेक्वान्दोका निर्णायक रमिला खत्री र गौरव रजक, टेबलटेनिस प्रशिक्षक सुरजध्वज केसी, तेक्वान्दो प्रशिक्षक नारायण पन्त, अनिल रजक र मिलन मगर तथा बास्केटबल प्रशिक्षक फणिन्द्रमान श्रेष्ठ र अंजिरमान प्रधान सम्मानित भए ।
सोही अवसरमा १३ दिनमा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्न सफल पूर्णिमा श्रेष्ठलाई पनि २५ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । उनीहरूलाई वडा २६ का अध्यक्ष ख्यामराज तिवारीलगायतले सम्मान गरे ।
