बुढासुब्बा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा एनआरटी र काँकडभिट्टा भिड्दै

माघ २२, २०८१

अर्जुन सुवेदी

NRT and Kakadvitta meet in the last quarter-final of Budhasubba Gold Cup

सुनसरी — २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । 

धरान रंगशालामा दिउँसो ३:१५ बजे हुने खेलमा साविक विजेता न्युरोड टिम (एनआरटी) क्लब र झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुँदैछ । 

आजको खेलको विजेताले सेमिफाइनलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब युके एफसीसँग फाइनल प्रवेशका लागि बिहीबार खेल्नेछ । यसअघि हिजोको खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब सेमिफाइनलमा पुगिसकेको छ । 

आरटीसीले फाइनल प्रवेशको लागि चर्च ब्वाइजसँग बुधबार खेल्नेछ । आठ टोलीको सहभागिता रहेको गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।

अर्जुन सुवेदी

Link copied successfully