टाइगर कप भलिबल : आर्मीलाई पराजित गर्दै गण्डकी फाइनलमा

माघ १९, २०८१

दीपक परियार

Tiger Cup Volleyball: Gandaki defeated Army in the final

पोखरा — पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको दोस्रो क्वालिफायरमा आर्मीलाई ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साबिक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । 

अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । 

यसअघि शनिबार नै भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यु डायमन्ड स्पोर्ट्सलाई ३–१ को सेटले पराजित गर्दै आयोजक टाइगर ग्रुपको टोली फाइलनमा पुगेको थियो । आयोजक टोलीले अब उपाधिका लागि आइतबार एपीएफ क्लबसँग खेल्नेछ ।  

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully