कान्तिपुर वेबसाईट
Advertisement
Advertisement
NMA

थाइल्यान्डसँग नेपालको संघर्षपूर्ण हार

Nepal's hard-fought defeat against Thailand

Kantipur Events

nma-music-quiz
nma-free-ticket

Grab a
Free Ticket

Note: Get a chance to win a free ticket to the National Music Award !

काठमाडौँ — नानापात कोन्चारोनेकाईले लगातार दोस्रो अर्धशतक बनाएपछि थाइल्यान्डले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा शनिबार नेपाललाई ४ विकेटले पराजित गरेको छ ।

कोन्चारोनेकाईले अविजित ६० रन बनाएपछि थाइल्यान्डले १ सय २ रनको लक्ष्य ६ बल अगाडि पूरा गरेको हो । नेदरल्यान्ड्सविरुद्ध अघिल्लो दिनको खेलमा अविजित ५६ रन बनाएकी उनले ५८ बल खेल्दै ५ चौका प्रहार गरिन् ।

सुवानान खिएटोले १४ र कप्तान नारुइमोल चाइवाइले १३ रन बनाइन् । नेपालबाट मनीषा उपाध्यायले २ विकेट लिइन् । अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक बलिङ गरेकी उनले ४ ओभरमा १३ रन खर्चेकी थिइन् । कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले १–१ विकेट लिइन् ।

थाइल्यान्डको यो लगातार दोस्रो विजय हो । नेदरल्यान्ड्सलाई शुक्रबार थाइल्यान्डले ८ विकेटले पराजित गरेको थियो । नेपालको हकमा यो लगातार दोस्रो पराजय हो । नेदरल्यान्ड्सले बिहीबार नेपाललाई २० रनले पराजित गरेको थियो । नेपालले आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank

ओपनर सम्झना खड्का दोस्रो बलमै एलबीडब्लु आउट भइन् । शृंखलामा पहिलो खेल खेल्ने मौका पाएकी अर्की ओपनर ममता चौधरी पनि २ रनमै आउट भएपछि नेपाल सुरुआत देखि नै दबाबमा थियो । आक्रामक खेलेकी इन्दु बर्मा १७ बल खेलि २ चौका प्रहार गर्दै १५ रनमा बोल्ड भइन् ।

पुजा महतो ८ बलमा ६ रन बनाइ आउट भइन् । पूर्वकप्तान रुविना ४ रनमा रनआउट भइन् । कविता कुँवर र विन्दु रावलले समान २५ रन बनाइन् । कविताले ३२ बल खेलि २ चौका र विन्दुले २५ बल खेलि ३ चौका प्रहार गरिन् ।

एक छक्का प्रहार गरेकी कविता जोशी ९ बलमा ८, सीता रानामगर २ रनमा आउट भइन् । एलिसाकुमारी यादव २ र मनीषा १ रन बनाई अविजित रहिन् । थाइल्यान्डबाट थिपात्चा पुथावोङले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ३, फनिता माया र नताया बुचाथामले २–२ विकेट लिए ।

नेपालले २०११ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । सन् २०१९ मा नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएयता थाइल्यान्डविरुद्ध खेलेका सबै तीन खेलमा पराजित हुँदै आएको छ । ट्वान्टी-२० विश्वकप खेलिसकेको थाइल्यान्ड पहिलो पटक नेपाल आएर खेलिरहेको छ ।

प्रकाशित : माघ १९, २०८१ १५:४०
×