केभीआर स्टेज रेस च्यालेन्जमा रामचन्द्र र सोन्या विजयी

माघ १९, २०८१

कान्तिपुर संवाददाता

Ramachandra and Sonya win the KVR Stage Race Challenge

काठमाडौँ — ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ राम चन्द्र महतारा र महिलातर्फ सोन्या मार्टिन पहिलो भएका छन् ।

रानीकोटमा सुरु भएर फर्पिङमा सम्पन्न भएको ३५ किमी दौडअन्तर्गत पुरुषमा राम चन्द्रले निर्धारीत दुरी चार घन्टा २४ मिनेट ५८ सकेन्डमा पूरा गरे ।  बिशाल गुरुङ चार घन्टा २९ मिनेट ४ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा चार घन्टा ३३ मिनेट ५४ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी सिनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सकेन्डमा दौड पूरा गरिन। यसैगरी उपविजेतामा चित्त बुझाएकी सोन्या मार्टिनले पाच घन्टा १४ मिनेट र ८ सकेन्ड समय लगाइन् । अनिशा गुरुङले पाँच घन्टा ४८ मिनेट ३३ सकेन्ड समय लगाएर तेस्रो भइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully