पालिकास्तरीय इन्डोर क्रिकेट प्रतियोगिता हुने

माघ १८, २०८१

कान्तिपुर संवाददाता

Municipal level indoor cricket tournament

काठमाडौँ — नेकपा (एमाले) रिब्दिकोट पाल्पा–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा पालिकास्तरीय इन्डोर क्रिकेट प्रतियोगिता शनिबार सुरु हुनेछ । बिहीबार काठमाडौंमा प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले ट्रफी अनावरण गरेका थिए । 

सम्पर्क मञ्चका इन्चार्ज रामहरि शाही समुन्द्रीले ट्रफी देख्दा तामा, पित्तललगायतका पदार्थहरूले बनेको भए पनि यो सम्मानको एउटा बिम्ब रहेको बताए । ललितपुरको हात्तीवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा आयोजना हुने प्रतियोगितामा ८ टोली सहभागी हुने सम्पर्क मञ्चका अध्यक्ष कमलप्रसाद पाण्डेले जानकारी गराए ।

विजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले नगद ११ हजार पाउनेछ ।

कान्तिपुर

Link copied successfully