आर्मीलाई हराउँदै पुलिस टाइगर कपको फाइनलमा

माघ १८, २०८१

दीपक परियार

Police beat Army in Tiger Cup final

पोखरा — त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलन प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेटमा २३–२५ ले हार व्यहोर्‍यो । तर, पाँचौ सेटमा उत्कृष्ट

प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो । पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै एपीएफ क्लब महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो ।

पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइनल प्रवेशका लागि टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको तेस्रो खेल पुरुषतर्फको गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लबबीच एलिमिनेटरमा प्रतिस्पर्धा भइरहेको छ । एलिमिनेटरको विजेताले आर्मीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully