काठमाडौँ — प्राइम ग्लोबलकी प्राज्ना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यू–१२ गर्ल्स सिंगल्समा स्वर्ण पदक जितेकी छन् । बिहीबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनलमा प्राज्नाले आदर्श विद्या मन्दिर (एभीएम) की साइरा शाक्यलाई ३–१ सेटले पराजित गरिन् । एभीएमकी तया बुङमा राई र जेम्सकी सुहाना महर्जन तेस्रो भए ।
रेड टाइल्सको आयोजनामा भइरहेको प्रतियोगिताको कलेजतर्फ ब्वाइजतर्फ सिंगल्समा गण्डकी विश्वविद्यालयका गनञ्जय दाहाल र क्याननका हिमाल विष्ट फाइनलमा पुगेका छन् । सेमिफाइनलमा गनञ्जयले गोल्डेनगेटका सुजन गडाललाई ३–१ र हिमाल विष्टले सिड एकेडेमीका प्रवेश बस्नेतलाई ३–० ले हराए ।
गर्ल्सतर्फ एभीएमकी इभाना थापाले एभीएमकै आस्मा पहरीलाई ३–० र रिड मोडेलकी सुस्मिता खड्काले एभीएमकी वियन्का राईलाई ३–१ ले हराएर फाइनल बनाए ।
