बास्केटबलमा आयोजक इनोभेटिभ र अवेरनेस विजयी

माघ १७, २०८१

कान्तिपुर संवाददाता

Organizer Innovative and Awareness Wins in Basketball

काठमाडौँ — आयोजक इनोभेटिभ ‘ए’ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) बिहीबार १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा पुगेका छन् ।

घरेलु कोर्टमा इनोभेटिभले एस्फोडेललाई ३४–२० स्कोरले हरायो । इनोभेटिभका पुजन श्रेष्ठले १४ स्कोर गरे । वितेन ज्ञवालीको १४ स्कोरमा एआईएले इनोभेटिभ ‘बी’ लाई २९–१६ ले हरायो ।

सिनियर ब्वाइजमै केएमसीले काभ्यालाई ३०–१८ र काठमाडौं जेभियरले नेपाल मेगालाई ४०–२५ स्कोरले हराएर क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । केएमसीका तन्त्र जोशीले १० र जेभियरका सम्राट शाहले ११ स्कोर गरे । मातृभूमि, हिमाली, नेरिक एकेडेमी र ज्ञान निकेतन पनि क्वाटरफाइनल पुग्न सफल भए ।

जुनियर ब्वाइजमा सनसाइनले काभ्यालाई १४–८, काठमाडौं जेभियरले मोडर्नलाई १३–६ र एआईएले इनोभेटिभलाई १५–११ ले हराए । सनसाइनका प्रशान्तले ४, काठमाडौं जेभियरका उत्सवले ६ र एआईएका आदित्य बुढाले १० स्कोर गरे ।

सिनियर गर्ल्समा इनोभेटिभले नेपाल मेगालाई १५–९ ले पराजित गर्‍यो । इनोभेटिभकी सलिना अमात्यले ८ स्कोर जोडिन् ।

कान्तिपुर

Link copied successfully