काठमाडौँ — भ्याली पब्लिकको ब्वाइज/गर्ल्स दुवै टिम प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
जुनियर ब्वाइजमा बिहीबार भ्यालीले गोल्डेनपिकलाई २४–२० ले पराजित गर्दा निम्साङ तामाङले ६ स्कोर गरेका थिए । फाइनलमा भ्यालीको भेट पारामाउन्ट एकेडेमीसँग हुनेछ ।अर्को सेमिफाइनलमा पारामाउन्टले किङडम हिमालयनलाई ३८–२७ ले हरायो । पारामाउन्टका सुशान्त थापाले १२ स्कोर गरे ।
जुनियर गर्ल्समा भ्यालीले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २७–१५ ले हरायो । भ्यालीकी सपना गिरीले १० स्कोर जोडिन् । उपाधिका लागि भ्याली पब्लिकले फेरिल्यान्डको सामना गर्नेछ । फेरिल्यान्डले काष्ठमण्डपमाथि २९–२३ को जित पायो । फेरिल्यान्डकी करुणा बोगटीले १३ स्कोर बटुलिन् । फाइनल शुक्रबार हुनेछ ।
