काठमाडौँ माभरिक्स एनकेएलको फाइनलमा 

माघ १७, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Mavericks in the final of NKL

काठमाडौँ — काठमाडौँ माभरिक्स नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा प्रवेश गरेको छ । रंगशालाको कभर्डहलमा बुधबार भएको क्वालिफायर टु मा काठमाडौँले विराटनगर ब्यानडिट्सलाई ४८-२६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

लिग चरणमा भने विराटनगरसँग काठमाडौँ ४४-४३ ले पराजित भएको थियो । काठमाडौँले उपाधिका लागि जनकपुर नाईट्ससँग खेल्नेछ ।

जनकपुरले क्वालिफायर वानमा विराटनगरलाई हराएर फाइनलमा स्थान बनाइसकेको छ । लिगमा तेस्रो भएको काठमाडौँले इलिमिनेटरमा धनगढी वाईल्डक्याट्सलाई हराएर क्वालिफायर टुमा स्थान बनाएको थियो ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका घनश्याम मगरले सानदार प्रदर्शन गर्पछि विराटनगरलाई क्वालिफायर टुमा हराएर काठमाडौँ उपाधि नजिक पुगेको हो। जनकपुर र काठमाडौँबिचको फाइनल शुक्रबार हुनेछ ।

कान्तिपुर

Link copied successfully