काठमाडौँ — काठमाडौं (कास)– पारामाउन्ट एकेडेमी र किङ्डम हिमालय बुधबार प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनल पुगेका छन् ।
ज्ञान संस्कार स्कुलद्वारा आयोजित प्रतियोगितामा सविन तामाङले १४ स्कोरमा पारामाउन्टले एन्जल्स हार्टलाई ३२–२८ स्कोरले हरायो । छिमी रेन्जेनको ११ स्कोर गर्दा किङडमले संस्कृतिविरुद्ध १७–१० को जित पायो ।
जुनियर ब्वाइजमै गोल्डेनपिकले ग्रिनलन्सलाई १७–१० र भ्याली पब्लिकले न्युटनलाई ३८–३० ले हराएर सेमिफाइनल तय गरे । गोल्डेनपिकका अमन गुरुङले ११ र भ्यालीका विशाल परियारले १४ स्कोर गरे ।
जुनियर गर्ल्समा काष्ठमण्डपले बौद्ध चिल्ड्रेन हेभेनलाई १६–१३ ले, इडेन ब्रिज एकेडेमी (इबीए) ले सत्यसाईलाई १६–१४ ले, फेरिल्यान्डले निस्टलाई २१–१६ र भ्याली पब्लिकले केभीकेएसएसलाई १८–१३ स्कोरले हराएर सेमिफाइनलमा स्थान बनाए । फेरिल्यान्डकी सन्दीपाले ७, भ्यालीकी सपना गिरीले १३, काष्ठमण्डपकी जस्मिन गुरुङले ६ र ईबीएकी अनामिका पटेलले १३ स्कोर जोडेका थिए ।
