कृष्णध्वज स्मृति टेबलटेनिसमा अर्सनालाई स्वर्ण

माघ १६, २०८१

कान्तिपुर संवाददाता

Gold to Arsana in Krishnadhwaj Smriti Table Tennis

काठमाडौँ — आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गर्ल्स सिंगल्समा स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार अर्सनाले फाइनलमा सेन्ट मेरिजकी सुरम्य शाक्यलाई ३–० को सोझो सेटमा पराजित गरिन् । फ्युचर स्टारकी एमरिन महर्जन र ग्लोरियाकी ममता बोहरा तेस्रो भए ।

यू–१२ ब्वाइज सिंगल्स फाइनलमा एभीएमका स्वर्णिम शाक्य विजेता भए । उनले फाइनलमा डिएभीका रिभानमुनि बज्राचार्यलाई ३–२ सेटले हराए । प्रभातका सफल अवाल र बृहस्पतिका विनम्र घिमिरे तेस्रो भए । रेड टाइल्सद्वारा आयोजित प्रतियोगिताअन्तर्गत यू–१६ ब्वाइजमा एभीएमका प्रजिल भट्टराई र गर्ल्समा ग्लोरियाकी महिमा महताले स्वर्ण जिते ।

फाइनलमा प्रजिलले एभीएमकै जयस्नु महर्जनलाई ३–१ सेटले हराए । भासराका रिजन शाक्य र वचन विष्ट तेश्रो स्थानमा रहे । महिमाले फाइनलमा दार्जिलिङ पब्लिककी मनाली चन्दलाई ३–० ले पन्छाइन् । प्रभातकी सेफिना कोजु र जस्मिता देवनाथ तेस्रो भए ।

कान्तिपुर

Link copied successfully