टाइगर कप भलिबल : आर्मीसँग पुलिसको हार 

माघ १५, २०८१

दीपक परियार

Tiger Cup Volleyball: Police lost to Army

पोखरा — पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस कलबलाई पराजित गरेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । 

पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौंथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पार्‍यो । आर्मीले तेस्रो सेट २५–१५ र चौंथो सेट २५–२२ ले जित हासिल गर्‍यो । पहिलो चरणबाट विजेता समूहमा अब आर्मीले बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । 

महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको छ । एक खेलअगावै आयोजक टोली र एपीएफले पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । पुलिस र न्यु डायमन्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully