जनकपुर कबड्डी लिगको फाइनलमा

माघ १५, २०८१

कान्तिपुर संवाददाता

Janakpur Kabaddi League finals

काठमाडौँ — जनकपुर नाइट्स नेपाल कबड्डी लिगको फाइनलमा पुगेको छ । जनकपुरले राखेप कभर्डहलमा सोमबार पहिलो क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई ३४–३२ स्कोरले पराजित गर्‍यो ।

जनकपुरले खेलभर रेडबाट १५, ट्याकलबाट १३, दुई अलआउटबाट ४ र बोनसबाट २ अंक जोड्यो । विराटनगरले भने रेडमा ८, ट्याकलमा १०, अलआउटमा २ र बोनसमा १२ अंक जोड्यो । पहिलो हाफमै जनकपुरले ११ अंकको अग्रता लिएको थियो ।  

जनकपुर बोनसबाहेक अन्य सबै पक्षमा अब्बल रह्यो । रेडमा ११, ट्याकलमा ६ र दुई अलआउटमा ४ अंक जोडेको थियो । बोनसमा भने २ अंकमात्रै थप्न सक्यो । विराटनगरले भने रेड र ट्याकलमा समान ३ अंक जोड्यो । बोनसमा भने ६ अंक बटुल्दै खेल २३–१२ मा टुंग्याएको थियो । 

दोस्रो हाफमा भने विराटनगरले उत्कृष्ट पुनरागमन गरेको हो । तर अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जनकपुर खेलमा फर्कियो । टोलीले ४ ट्याकल र एक रेडमा ३ अंक थप्दै खेल ३३–३० मा पुर्‍यायो । जनकपुरले दोस्रो हाफमा कुल ११ अंक जोड्यो । विराटनगरले त्योभन्दा ९ अंक बढी ल्याए पनि जित हात पार्न सकेन ।

पराजित विराटनगरले फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायरमा खेल्नुपर्नेछ । सोमबार नै भएको इलिमिनेटरमा काठमान्डु माभरिक्सले हिमालयन रेइडर्सलाई ५०–४५ ले पराजित गर्‍यो ।

कान्तिपुर संवाददाता

Link copied successfully