टाइब्रेकरमा जित्दै पुलिस एन्फा वुमेन्स लिगको फाइनलमा

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Police won the tiebreaker in the ANFA Women's League final

काठमाडौँ — पुलिसले टाइब्रेकरमा आर्मीलाई पराजित गर्दै एन्फा वुमेन्स लिगको फाइनल प्रवेश गरेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको क्वालिफायर–टुको पेनाल्टी सुटआउटमा पुलिस २–१ ले विजयी रह्यो । अब बुधबार हुने फाइनलमा पुलिसले डिफेन्डिङ च्याम्पियन एपीएफको सामना गर्नेछ ।

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको हो । त्यसमा पुलिसकी गोलरक्षक उषा नाथ रहिन् । उनले टाइब्रेकरमा तीन बचाउ गरिन् र एक गोल पनि गरिन् । पुलिसका लागि उषा र बिर्सना चौधरीले गोल गरे । आर्मीका लागि अञ्जना रानामगरले मात्र गोल गर्न सकिन् ।

आर्मीका लागि सम्झन लावती, समीक्षा घिमिरे र निरु थापा पेनाल्टीमा चुके । आर्मीका तर्फबाट भने चन्द्र भण्डारी, अनिता लम्जेल र विमला विक गोल गर्न असफल रहे । उनीहरू सबै प्रहार उषाले बचाइएकी थिइन् । विमला चौधरीको प्रहार भने बाहिरिएको थियो । लिग चरणको समाप्तीमा पुलिस तेस्रो स्थानमा रहेको थियो । 

कान्तिपुर

Link copied successfully