धनगढी — नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशीले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी (डीसीए) बाट खेल्ने छन् । ललितले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन प्रमुख भूमिका खेलेका थिए । उनले एनपीएलमा १७ विकेट लिएका थिए ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ १९ मा हुने उद्घाटन खेलमा डीसीए धनगढीका प्रमुख खेलाडीको रूपमा रहेका ललितले डडेलधुराको फ्रेन्ड्स क्लबका प्रमुख खेलाडी कुशल भुर्तेल, विनोद भण्डारी, सन्दिप जोराविरुद्ध मैदान उर्त्रेर प्रतियोगिताको सुरु गर्नेछन् ।
ललित समावेश रहेको डीसीए धनगढीले माघ २० गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ भने माघ २२ गते बोस्टर्न क्रिकेट झापासँग खेल्नेछ । ललितले ‘क्रिकेटको सहर’ को टोलीबाट खेल्न पाउँदा गर्व महसुस गरेको बताए । उनले एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई उपाधि जित्नबाट वञ्चित गराउन पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
हालै सम्पन्न जय ट्रफीको च्याम्पियन नेपाल पुलिस क्लबलाई विजेता बनाउन ललितले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतियोगिताभर २३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो नम्बरमा थिए । गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिताका सबै खेलका टिकट खल्ती एपबाट काट्न सकिन्छ । प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा भन्डै २० लाख पुरस्कार रहेको छ । रनिङ ट्रफीको रूपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख सहित ट्रफी पाउनेछन् । सर्वोकृष्ट खेलाडीलाई १ लाख तथा उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ । देशभरका ८ क्लबका टिमको सह
