केन्याली धावकलाई हिसान इटहरी रनको उपाधि

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Hisan Itahari Run title to Kenyan runner

सुनसरी — केन्याली धावक जुलियस मौरिकी हिसान इटहरी ८ किलोमिटर रन च्याम्पियन बनेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुलातर्फ ८ किलोमिटर रनको निर्धारित दूरी मौरिकीले २४ मिनेट २५ सेकेन्डमा पूरा गरे । 

सरोज लिम्बूले २५ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै दोस्रो र ओशन राईले २६ मिनेट ५ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । महिलातर्फ इन्द्रकला नेम्वाङ पहिलो, जुही राई दोस्रो तथा सकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दूरी ३१ मिनेट ३ सेकेन्ड, जुहीले ३२ मिनेट ३५ सेकेन्ड र सकुन्तलाले ३३ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए । 

पहिलोदेखि तेस्रो हुनेले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार पाए । ८ किमि रनमा केही विदेशीसहित नेपालका ८ सय बढी धावक–धाविकाले प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully