पोखरा — एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको आइतबार पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेशको टिम नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा गण्डकी प्रदेश पुलिससँग ३–२ को सेटमा पराजित भएको हो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौंथो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुपर्यो ।
पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौंथो सेट २५–१४ ले जित निकालेको थियो । पाँचौं सेटमा गण्डकीले सुरुआती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमाउनुपर्यो ।
