सिनरले गरे अस्ट्रेलियन उपाधिको रक्षा

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Sinner defends Australian title

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन यानिक सिनरले आइतबार अस्ट्रेलियन ओपनको उपाधि रक्षा गरेका छन् । उनले मेलबर्नमा भएको पुरुष एकलको फाइनलमा दोस्रो वरीयताका एलेक्जान्डर जेभरेभलाई सिधा तीन सेटमा पराजित गरे ।

विश्व नम्बर १ इटालीका खेलाडी फाइनलमा ६–३, ७–६ (७/४) र ६–३ ले विजयी रहेका हुन् । उनको यो तेस्रो ग्रान्ड स्लाम उपाधि हो । उनले तीनपल्ट ग्रान्ड स्लामको फाइनल खेलेका छन् र तीनै अवसरमा विजयी पनि रहेका छन् । यसको ठीकविपरीत जेभेरभले भने लगातार तेस्रो ग्रान्ड स्लाम फाइनल गुमाएका छन् र उनी यस्तो खराव प्रदर्शन गर्ने आधुनिक टेनिसमा छैटौं खेलाडी मात्र हुन् । 

यानिकले भने सन् २०२४ मा अस्ट्रेलियन ओपनसँगै यूएस ओपन पनि जितेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully