शौभाग्य माविलाई राष्ट्रपति रनिङ सिल्ड

माघ १३, २०८१

माधव अर्याल

Good luck Mavi President Running Shield

पाल्पा — ८ स्वर्ण, ६ रजत र ५ कांस्य पदकसहित शौभाग्य मावि पाल्पाले माथागढी गाउँपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ सिल्ड जितेको छ । 

तीन दिनसम्म चलेको रनिङ सिल्डअन्तर्गत ७ स्वर्ण, ३ रजत र ४ कांस्य गरी १४ पदक पदकसहित किसान मावि झडेवा दोस्रो र ६ स्वर्ण ५ रजत र २ कांस्य गरी १३ पदकसहित दिव्यज्योति मावि कसेनी तेस्रो भएको शिक्षा शाखा प्रमुख प्रकाश पाठकले जानकारी दिए । प्रतियोगितामा ३ स्वर्ण, ५ रजत र १ कांस्य गरी ९ पदक, कर्णधार मावि रुप्सेले ३ स्वर्ण, २ रजत र २ कांस्य गरी ७ पदक, सिद्धार्थ मावि रहवासले २ स्वर्ण र १ कांस्य गरी ३ पदक, महेन्द्र नरेश मावि गोठादीले १ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका छन् । माउण्ट भ्याली कसेनी सराईले ४ रजत र ६ कांस्य गरी १० पदक जितेको छ । सातपोखरी मावि गोठादीले १० कांस्य जितेको छ । 

११ सामुदायिक र दुई संस्थागत माध्यमिक विद्यालय साथै एक आधारभूत विद्यालय गरी १४ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ३ सय २१ छात्र र ३ सय १५ छात्रा गरी ६ सय ३६ विद्यार्थीको सहभागिता रहेको गाउँपालिका शिक्षा शाखाकी एलिना थपलियाले बताइन् । 

१५ खेल विद्यामा आयोजना गरिने प्रतियोगितामा छात्र र छात्रा स्वर्ण, रजत र कांस्य गरी ९४ पदक रहेको गाउँपालिका खेल संयोजक प्रेमबहादुर बारघरेले जानकारी दिए । 

रनिङ शिल्डअन्तर्गत छात्रछात्राको भलिबल, कपर्दी, कराँते, काँता, तेक्वान्दो, दौड, रिले, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सट्पुट् लगायतका खेल खेलाइएको थियो । 

प्रतियोगितामा विजयी विद्यार्थी खेलाडीहरुलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, वडाध्यक्षहरु राजुकमार पन्थी, तेजबहादुर घर्तीमगर विजयी विद्यार्थी खेलाडीहरुलाई सिल्ड, पदक, प्रमाणपत्र वितरण गरे ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully