सुनसरी — केन्याली धावक जुलियस मौरिकी इटहरी–८ किलोमिटर रन च्याम्पियन बनेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्ला तर्फ ८ किलोमिटर रनको निर्धारित दूरी मौरीकीले २४ मिनेट २५ सेकेन्डमा पूरा गरेका थिए ।
दोस्रो भएका सरोज लिम्बूले २५ मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी पार गर्दा ओशन राईले २६ मिनेट ५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भए ।
महिलातर्फ इन्द्रकला नेम्वाङ प्रथम हुादा जुही राई दोस्रो तथा शकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दूरी ३१ मिनेट ३ सेकेन्ड, जुहीले ३२ मिनेट ३५ सेकेन्ड र शकुन्तलाले ३३ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाा नगद पुरस्कार पाए ।
८ किलोमिटर रनमा केही विदेशीसहित नेपालका विभिन्न जिल्लाका ८ सयभन्दा बढी धावक धावकाले प्रतिूपर्धा गरेका थिए ।
