सन्जयको टिमलाई वेस्टर्न ओपन प्रो–एम

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Western Open Pro-Am to Sanjay's team

पोखरा — प्रो सन्जय लामाको टिमले शनिबार सूर्य नेपाल गल्फ टुरअन्तर्गत यस सिजनको चौथो प्रतियोगिता वेस्टर्न ओपनको प्रो–एम उपाधि जितेको छ ।

कुल १४८ स्कोर जोड्दै सञ्जयको टिम विजेता बन्यो । प्रो सन्जयले ३४, युवा एमेच्योर ड्यानियल बानियाँले ३९, दिप्सन लामा र मनीष शेरचनले समान ३६ स्कोर गरेका थिए ।

प्रो जयराम श्रेष्ठको टिम कुल १३५ स्कोरसहित दोस्रो भयो । जयरामले ३५, एमेच्योर लीलाजंग गुरुङले ३४, श्याम तामाङ र विश्व गुरुङले समान ३३ स्कोर गरे । प्रो भुवन नगरकोटीको‌ टिम १३० स्कोरमा तेस्रो भयो । भुवनले ३४ स्कोर गर्दा एमेच्योर गल्फर राजेन्द्र गौचन, बलराम थापा र राजु थकालीले ३२–३२ स्कोर गरे ।

महिलातर्फ गीता गुरुङले उत्कृष्ट कार्ड बनाइन् । उनले ३० स्कोर गरिन् । लङ्गेस्ट ड्राइभको उपाधि पेम्बा शेर्मा र क्लोजेस्ट टु दी पिनको उपाधि बलराम थापाले जिते ।

प्रो–एम इभेन्टमा २० प्रोफेसनल गल्फरसहित ९० खेलाडीले भाग लिएका थिए । विजयी खेलाडीलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसी, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट र कास्की गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले पुरस्कार प्रदान गरे ।

अघिल्लो दिन सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि नीरज तामाङले जितेका थिए ।

कान्तिपुर

Link copied successfully