५ किमि दौडमा सेनाका सविन विजयी

माघ १२, २०८१

कान्तिपुर संवाददाता

Savin of Sena wins in 5 km race

काठमाडौँ — ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ५ किलोमिटर दौड प्रतियोगितामा नेपाली सेनाका सविन कार्कोले प्रथम स्थान हासिल गरेका छन् । १९.१३ मिनेटमा उक्त दूरी पार गर्दै शनिबार उनले प्रथम स्थान हासिल गरेका हुन्।

सेनाका धनबहादुर शाहीले १९.१८ मिनेटमा दूरी पार गर्दै दोस्रो र सशस्त्र प्रहरी बलका मीनबहादुर बस्नेतले २०.२१ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।

भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै त्रिवि भन्सार कार्यालयसम्म दौड प्रतियोगिता भएको हो। 

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वल, भन्सार कर्मचारी, भन्सार एजेन्ट महासंघ, पारवहन तथा गोदाम व्यवस्थापन समिति, लागूऔषध ब्युरो, नेपाल फ्रेट फरवार्ड्स एसोसिएसनसहित २ सय प्रतियोगीको सहभागिता थियो।  

विजयी प्रतियोगीलाई २६ जनवरीमा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नगद पुरस्कारले सम्मान गरिने आयोजक महासंघका सदस्य उमेश घिमिरेले बताए । । विजेताले ३० हजार , दोस्रोले २० हजार र तेस्रो हुनेलाई १० हजार  रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उद‍्घाटन भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले गरेका थिए।

कान्तिपुर संवाददाता

Link copied successfully