म्याट रसलाई राष्ट्रिय टोलीको जिम्मा

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Matt Ross in charge of the national team

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय टिमको प्रशिक्षकमा अस्ट्रेलियाली म्याट रसलाई नियुक्त गरेको छ । यसको औपचारिक घोषणा भने गरिएको छैन । तर उनी काठमाडौं आइसकेका छन् । उनले सभापति कपको बिहीबार दशरथ रंगशालामा भएको खेल हेरेका थिए । 

रस यूईएफए प्रो लाइसेन्सप्राप्त प्रशिक्षक हुन् । उनले यसअघि दक्षिण कोरियाली महिला राष्ट्रिय टोली सम्हालेका थिए । उनले सन् २०२० देखि २०२३ सम्म यो जिम्मेवारी लिएका हुन् । उनले स्विडिस महिला टोली भिन्सी जियाके पनि सम्हालिसकेका छन् । औपचारिक रूपमा उनले पुरुष टिम भने सम्हालेका छैनन् । 

यसअघिका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगको अनुबन्ध सकिएयता पुरुष टोलीमा मुख्य प्रशिक्षक रिक्त थियो । 

एन्फाले महिला राष्ट्रिय टिमको प्रशिक्षकमा राजेन्द्र तामाङलाई नै दोहोर्‍याउन लागेको छ । यसबारे पनि औचापरिक कुनै घोषणा भएको छैन । महिला टिमले दुई सातापछि फोर नेसन्स कप खेल्दै छ ।

कान्तिपुर संवाददाता

Link copied successfully