कृष्णध्वज स्मृति टेबलटेनिस माघ १५ देखि

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Krishnadhwaj Smriti Table Tennis from 15th Jan

काठमाडौँ — नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता यही माघ १५ गतेदेखि सुरु हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा माघ १५ देखि १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक रेड टायल्सका प्रमुख सुरज केसीले जानकारी दिए ।

उनका अनुसार स्कुलतर्फ आठ, कलेजतर्फ दुई तथा भेट्रानमा एक गरी कुल ११ स्पर्धालाई प्रतियोगितामा समावेश गरिएको छ । उनले भने, ‘आठौं संस्करणमा ३ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपालि स्कुलको परीक्षाले प्रभावित भएकाले करिब ३ सय ५० खेलाडी सहभागीट हुने अपेक्षा छ ।’

भेट्रानलाई पहिलोपल्ट प्रतियोगितामा समावेश गरिएको हो, जसमा ४० वर्षमाथिको स्पर्धा राखिएको छ । भेट्रनका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पाउनेछन् । कलेजतर्फ मेन्स सिंगल्स र लेडिज सिंगल्समा प्रतिस्पर्धा हुनेछ । स्कुलतर्फ ब्वाइज र गर्ल्स दुवैमा यू-१०, यू-१२, यू-१४ र यू-१६ स्पर्धा समावेश गरिएको छ । स्कुलतर्फ दार्जिलिङ र बुटवलका खेलाडी पनि सहभागी हुने आयोजकले जनाएका छन् । 

प्रतियोगिता सञ्चालनका लागि चार लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

कान्तिपुर

Link copied successfully