अन्तरस्कुल बास्केटबलमा पारामाउन्ट र न्युटन विजयी

माघ ११, २०८१

कान्तिपुर संवाददाता

Paramount and Newton win in interscholastic basketball

काठमाडौँ — पारामाउन्ट एकेडेमी र न्युटनले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी सुरुआत गरेके छन् ।

जुनियर ब्वाइजमा पारामाउन्ट आयोजक ज्ञान संस्कारलाई उसकै कोर्टमा २७–२० स्कोरले हरायो । पारामाउन्टका सुशान्त थापाले ६ स्कोर गरे । आशिष राईको १० स्कोरमा न्युटनले नेचरमाठिथ ३०–२३ को जित पायो ।

जुनियर ब्वाइजमै एन्जल्स हार्टले ह्वाइट माउन्टेनलाई ३९–२४, संस्कृतिले फ्युजन एकेडेमीलाई २५–१४, एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३०–२५, भ्याली पब्लिकले किङडमलाई ३४–२४ र ग्रिनल्यान्डले बसन्त ऋतुलाई २४–१५ स्कोरले हराए । एन्जल्स हार्टका आकाश घलेले १६, संस्कृतिका अध्याय ठकुरीले ११, एचएचसीएका विशाल नगरकोटीले १८ र भ्याली पब्लिकका अशोक विश्वकर्माले १३ र ग्रिनल्यान्डका राहुल ठगुन्नाले ११ स्कोर गरे ।

जुनियर गर्ल्समा टीआईएले एन्जल्स नेसनललाई १०–५, बौद्ध चिल्ड्रेन हेभेनले ग्रिनल्यान्डलाई ४१–३३, केभीकेएसएसले ज्ञान संस्कारलाई १६–१०, इबीएले रिब्सलाई ९–३ र भ्याली पब्लिकले न्युटनलाई १९–१५ ले पन्छाए । टीआईएकी शुभश्री सुमनले ८, बौद्धकी जस्मिन गुरुङले १६, केभीकेएसएसकी खुशी मिटोकले ८, इबीएकी अनामिका पटेलले ५ र भ्याली पब्लिककी सोनीमाया तामाङले ९ स्कोर बटुले ।

नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र ज्ञान संस्कारकी प्रधानाध्यापक नीलम बानियाँ बडूले संयुक्त रूपमा प्रतियोगिताको उद्घाटन गरे । माघ १८ सम्म चल्ने स्पर्धाको जुनियर ब्वाइजमा २४ र गर्ल्समा १६ टिम प्रतिस्पर्धी छन् ।

कान्तिपुर

Link copied successfully