सूर्य नेपाल वेस्टर्न ओपन : नीरजको अग्रता कायमै

माघ १०, २०८१

विनोद पाण्डे

Surya Nepal Western Open: Neeraj's lead remains

पोखरा — नीरज तामाङले सूर्य नेपाल वेस्टर्न ओपन गल्फको दोस्रो दिनमा आफ्नो अग्रता कायमै राखेका छन् । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत चौथो स्पर्धामा उनी बिहीबारसम्म एक स्ट्रोकले अगाडि छन् ।

नीरजले १ अन्डर ६८ को कार्ड पार्दै पार ६९ को हिमालयन गल्फ कोर्समा समग्रमा ५ अन्डर १३३ को स्कोर बनाए । उनीभन्दा एक स्ट्रोकले पछाडि रहेका भुवनकुमार रोक्काले समग्रमा ४ अन्डर १३४ को स्कोरमा छन् । भुवनले लगातार दोस्रो दिन २ अन्डर ६७ खेले ।

समग्रमा इभन–पार १३८ को स्कोर बनाएका धनबहादुर थापा र सञ्जय लामाले संयुक्त तेस्रो स्थानमा ३६ होलको खेल सकाए । धन र सञ्जय दुवैले १ ओभर ७० को स्कोर गरे । जयराम श्रेष्ठ र एमेच्योर सुन्दर राई संयुक्त पाँचौं स्थानमा छन् । उनीहरूले समग्रमा २ ओभर १४० स्कोर गरे । जयरामले बिहीबार २ ओभर ७१ र सुन्दरले १ ओभर ७० मा दिनको खेल टुंग्याए ।

Surya Nepal Western Open: Neeraj's lead remainsकृष्णमान राजबाहक, विष्णुप्रसाद शर्मा र रामे मगर समग्रमा ४ ओभर १४२ सहित संयुक्त सातौं स्थानमा छन् । कृष्णमानले १ अन्डर ६८, विष्णुले २ ओभर ७१ र रामेले ४ ओभर ७३ स्कोर बनाए । समग्रमा ५ ओभर १४३ को स्कोरमा रवि खड्का दसौं स्थानमा छन् । उनले १ अन्डर ६८ को स्कोर कार्ड बनाए ।

लगातार अग्रता बनाएका नीरजले फ्रन्टनाइनमा १ अन्डर ३३ खेल्नेक्रममा चौथो र आठौं होलमा बर्डी प्रहार गरे भने सातौं होलमा शट खेर फाले । यसपछि १० औं होलमा बर्डी प्रहार गरे पनि चार पारको १३ औं होलमा ट्रिपल बोगी सामना गरे । यसपछि सम्हालिँदै १७ र १८ औं होलमा बर्डी प्रहार गर्दै ब्याकनाइन इभन–पार ३५ मा पूरा गरे । 

भुवनले पहिलो ९ होलमा पार जोगाउँदै फ्रन्टनाइन इभन–पार ३४ मा सकेका थिए । उनले ११ औं होलमा बर्डी प्रहार गरे तर १४ औं होलमा डबल बोगी खेपे । यसपछि १५ देखि १७ औं होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै ब्याकनाइन २ अन्डर ३३ मा सके ।

Surya Nepal Western Open: Neeraj's lead remainsएमेच्योरतर्फ सुन्दरले सुमन परियारलाई ६ स्ट्रोकले पछि पार्दै अगाडि छन् । सुन्दर समग्रमा २ ओभर १४० को स्कोरसहित शीर्षस्थानमा छन् । १ अन्डर ६८ खेलेका सुमन समग्रमा ८ओभर १४६ स्कोरसहित दोस्रोमा उक्लिए ।

३६ होल समाप्तिमा १५ ओभर १५३ स्कोर गरेका २१ प्रो र ६ एमेच्योर गरी कुल २७ गल्फरले कट बनाए । प्रोतर्फ नेपाल नम्बर एक भुवन नगरकोटीसँगै तोरणविक्रम शाही, प्रदीपकुमार लामा, सूर्यप्रसाद शर्मा, भूबहादुर गुरुङ, बलभद्र राई, युवराज भुजेल, टंकबहादुर कार्की, दीपक मगर, दिनेश प्रजापति, दलबहादुर लामा र किसन कालीराज सुनारले कट बनाए । एमेच्योरतर्फ सुरेश तामाङ, प्रज्वल गुरुङ, संसार बिके र जीवाराम गुरुङले अन्तिम १८ होलको खेलमा स्थान सुरक्षित गरे ।

Surya Nepal Western Open: Neeraj's lead remainsविजेताले १ लाख ५० हजार, दोस्रोले लाख र तेस्रो हुनेले क्रमशः १ लाख र ७२ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ मा पर्ने गल्फरले नगद पुरस्कार जित्नेछन् । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले सूर्य नेपाल प्रालिको प्रायोजनमा आयोजना गरेको स्पर्धाको शनिबार प्रो–एम इभेन्ट हुनेछ ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully