नेपाल सियाटल र टेक्सास ब्लुले जिते लछुमन शाही स्मृति कप

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Nepal Seattle and Texas Blue won the Lachman Shahi Memorial Cup

काठमाडौँ — अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा भएको लछुमन शाही स्मृति लाली गुराँस कप सेभेन ए साइड फुटबल प्रतियगितामा नेपाल सियाटल एफसी र टेक्सास एफसी ब्लुले उपाधि जितेका छन् ।

लाली गुराँस फाउन्डेसनद्वारा आयोजित प्रतियोगिता खुल्ला र ३५ वर्षभन्दा बढी उमेर समूह गरी २ वटा विधामा खेलाईएको थियो । जनवरी १८ र १९ मा भएको प्रतियोगितामा जम्मा ९ टिमको सहभागिता थियो ।

खुल्ला प्रतिस्पर्धातर्फ टेक्सास एफसी ब्लुले डल्लास गुर्खाज रेडलाई फाइनलमा पराजित गरी उपाधि सहित सात हजार डलर पनि प्राप्त गर्‍यो । त्यस्तै, दोस्रो हुनेले डल्लासले २ हजार डलर पायो । यो स्पर्धामा उत्कृष्ट गोलरक्षक पार्थजंग थापा र उत्कृष्ट खेलाडी मोनोज चुवान भए ।

Nepal Seattle and Texas Blue won the Lachman Shahi Memorial Cupखुलातर्फ विजयी टेक्सास एफसी ब्लु । तस्बिर सौजन्य : निरेन्द्र श्रेष्ठ

त्यस्तै ३५ वर्षभन्दा बढी उमेर समूहको प्रतिस्पर्धामा डीएफडब्लु हिमालयज लाई पराजित गर्दै नेपाल सियाटल एफसीले उपाधि हात पार्‍यो । यो स्पर्धामा पहिलो हुने टिमले ५ हजार डलर र दोस्रो हुनेले १ हजार डलर प्राप्त गरे । यो स्पर्धामा सजल नेपाल उत्कृष्ट गोलरक्षक र उमेश पाण्डे उत्कृष्ट खेलाडी भए ।

लछुमन शाहीको यसै वर्ष निधन भएको थियो । उनी यसै फाउन्डेसनका सदस्य थिए । प्रतियोगिताका अमेरिकाका डल्लास, सानफ्रान्सिस्को, सियाटललगायतका सहरका टिमहरू सहभागी थिए ।

कान्तिपुर

Link copied successfully