इटहरी भेट्रान गोल्डकप : आयोजक सेमिफाइनलमा

माघ ६, २०८१

अर्जुन सुवेदी

Itahari Vetran Gold Cup: Hosts in semi-finals

सुनसरी — आयोजक हाम्रो इटहरी भेट्रान क्लब पाँचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको मैदानमा आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा सिमरा भेट्रान क्लब बारामाथि १–० को कठिन जीत निकाल्दै आयोजक क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आयोजकको संघर्षपूर्ण जितमा सुरेन्द्र तामाङले निर्णायक गोल गरे । दोस्रो हाफको ११ औं मिनेटमा कमल बस्नेतको स्थानमा मैदान प्रवेश गरेका पूर्वराष्ट्रिय खेलाडी तामाङले १३ औं मिनेटमा गोल गरेका हुन् । 

खेलको म्यान अफ द म्याच विजयी टिम हाम्रो इटहरी भेट्रानका सुमन केसी घोषित भए । उनलाई पूर्वराष्ट्रिय खेलाडी देवनारायण चौधरीले नगद २ हजार ५ सय रुपैयाँ र टफी प्रदान गरे । विजेता हाम्रो इटहरी भेट्रानले अब सेमिफाइनलमा दमक लखनपुर भेट्रान क्लब र टिवाई वाईसी भेट्रान विराटनगरबीच मंगलबार हुने अन्तिम क्वाटरफाइनल खेलको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।   

सोमबार हुने तेस्रो क्वाटरफाइनलमा राजारानी भेट्रान क्लब धनकुटा र बर्मिक नाम्फिङ भेट्रान सिक्किम भारतबीच प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष निर्मल तामाङले जानकारी दिए । माघ १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

अर्जुन

Link copied successfully