सुकुटेमा राष्ट्रिय बिच भलिबल जारी

माघ ५, २०८१

कान्तिपुर संवाददाता

National Beach Volleyball continues in Sukuta

सिन्धुपाल्चोक — चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेमा भइरहेको राष्ट्रिय बिच भलिबल प्रतियोगितामा शुक्रबार महिला र पुरुष दुवैतर्फ क्वाटरफाइनलमा एपीएफ खेलाडीले वर्चर्स्व बनाएका छन् ।

क्वाटरफाइनलमा पुरुषतर्फ एपीएफका बलराम चौधरी र रमेश बिकको जोडीले मधेशका खेलाडीलाई २१–९, २१–१ र एपीएफका महेन्द्र श्रेष्ठ र राजकुमार निरौलाले कर्णालीका खेलाडीलाई १७–२१ ,९–२१ सेटमा हरायो ।

महिलातर्फ एपीएफका रस्मिता दुरा र जस्ना महतोले सुदूरपश्चिमको जोडीलाई २१–३, २१–१८ र एपीएफका नेबिका चौधरी र निरुता ठगुन्नाले बागमती प्रदेशको जोडीलाई २१–७, २१–८ को सेटमा हराएर सेमिफाइनल तय गरेका छन् ।

उता त्रिभुवन आर्मीर् क्लबका टीकाराज तामाङ र सूर्य परियारको जोडी, नेपाल पुलिसका चन्द्रबहादुर कुवर र सफल बिकको जोडी पनि विजयी भएको छ । महिलामा पुलिसका खेलाडी कमला पुन र मनीषाकुमारी चौधरीको जोडीले आर्मीको जोडीलाई २१–१०, २१–१२ सेटमा हरायो । कामना विष्ट र पुनम चन्दको पुलिसको जोडी पनि विजयी भयो ।

कान्तिपुर

Link copied successfully