पूर्वेली भेट्रान क्लबको विजयी सुरुवात

माघ ५, २०८१

अर्जुन सुवेदी

Eastern Veterans Club gets off to a winning start

सुनसरी — पूर्वेली भेट्रान क्लब झापाले पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

इटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसको मैदानमा शनिबार भएको उद्घाटन खेलमा पूर्वेली भेट्रानले हाम्रो धरान भेट्रान क्लबमाथि २–० को सहज जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

झापाली टिमका लागि नगेन्द्रमणी लिम्बू र प्रेमकुमार लिम्बूले एक–एक गोल गरे । नगेन्द्रले खेलको तेस्रो र प्रेमले २१ औं मिनेटमा गोल गरेका हुन् । 

पहिलो हाफमा २–० ले पछि परेको धरान टिमले दोस्रो हाफमा पुनरागमन गर्न नसक्दा पराजित भयो । खेलको म्यान अफ द म्याच विजयी टिमका नगेन्द्रमणी घोषित भए । उनलाई सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले नगद २ हजार ५ सय रुपैयाँ र ट्रफी प्रदान गरे । 

आइतबार सिमरा भेट्रान क्लब बारा र आयोजक हाम्रो इटहरी भेट्रान क्लबबीच खेल हुने आयोजक समितिका अध्यक्ष निर्मल तामाङले जानकारी दिए । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीयसहित ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ र उपविजेताले ६१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

अर्जुन सुवेदी

Link copied successfully