क्रिकेटर  मल्ल सम्मानित

माघ ५, २०८१

मोहन शाही

Cricketer Mall honored

डोटी — केआई सिंह गाउँपालिकाले  राष्ट्रिय क्रिकेटर शेरबहादुर मल्ललाई सम्मान गरेको छ । छैटौं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्‍घाटन समारोहमा मल्ललाई १ लाख ३१ हजार २ सय ५० रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

पालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले शनिबार मल्ललाई उक्त नगद रकमसहित  सम्मान गरेका हुन् । 

केआई सिंह गाउँपालिकाका स्थायी बासिन्दा मल्लले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ड्सका तर्फबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

मल्लले आफूले कठिन संघर्ष गरेर यो स्थानसम्म आइपुगेको बताए ।  अत्यन्तै विपन्न परिवारमा जन्मिएका मल्ल भारतमा रोजगारीका लागि गएका आफ्ना आमाबुवासँगै हुर्किएका थिए । त्यही नै उनले क्रिकेट सिकेको बताए । 'तीव्र इच्छाशक्ति र मिहिनेतका भरमा क्रिकेटप्रतिको रुचि विकास गर्दै राष्ट्रिय स्तरमा आफ्नो स्थान बनाएको हुँ,' उनले भने । 

कार्यक्रममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कराँतेतर्फ  प्रथम भएका झिमेमालिका माविका विद्यार्थी गौरव कोलीलाई पनि ५ हजार नगदसहित सम्मान गरिएको थियो ।

मोहन

Link copied successfully