काठमाडौँ — डिफेन्डिङ च्याम्पियन एनसीसीएस र रिब्स चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा फाइनल पुगेका छन् ।
एनसीसीएसले काठमाडौं शिक्षालयलाई २९–१७ स्कोरले पराजित गर्यो । विजेताकी ग्रिभा महर्जनले १४ स्कोर जोडिन् । रिब्सले भक्तपुर निस्टलाई १९–१५ ले हराउँदा विदिशा पराजुलीले ६ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा हेम्सले इनोभेटिभलाई ४९–२६, विल्सन एकेडेमीले एन्जल लर्डलाई ५६–२९, भद्र घलेले क्यानभासलाई ५२–२२ र एम्बासडरले आयोजक केएमसी ‘ए’ लाई ६२–३४ ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । हेम्सका सुसांक आचार्यले २०, विल्सनका रेहान डंगोलले २७, भद्र घलेका दिवस मगरले २३ र एम्बासडरका विसन खड्काले ३५ स्कोर जोडे ।
जुनियर ब्वाइजमा केयर इङलिसले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई २१–१३, कश्यपले ग्रिनफिल्डलाई ३०–२० र काठमाडौं इङलिस स्कुल (केइएस) ले जनप्रेमीलाई २४–१४ ले पन्छाएर सेमिफाइनलमा पुगे । केयरका सहज मिश्रले ९, कश्यपका एलेन लामाले १८ र केइएसका सुशान्त गिरीले १६ स्कोर गरे । नेरिक एकेडेमी पनि पिपुल्स एकेडेमीबाट वाकओभरबाट सेमिफाइनल पुग्यो ।
