जय ट्रफी फाइनल हुस्सुले प्रभावित

माघ २, २०८१

भूषण यादव

Jai Trophy final impressed by Hussu

वीरगन्ज — नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनलको पहिलो दिनको खेल खराब मौसमका कारण प्रभावित बनेको छ । हुस्सुका कारण मंगलबार पहिलो दिनको खेलमा कुल १ सय १ ओभरमध्ये जम्मा १७ ओभरको खेल मात्र सम्भव भएको थियो ।

तीनदिवसीय संरचनामा भइरहेको फाइनलमा टस जितेर ब्याटिङ गर्न आएको नेपाल पुलिसका ओपनर दिलीप नाथ दिनको खेलको पहिलो बलमै आउट भए ।

उनलाई सोमपाल कामीले सुमित श्रेष्ठबाट क्याच आउट गराए । पुलिस दबाबमा परे पनि त्यसपछि आएका अमित श्रेष्ठले अर्का ओपनर ब्याटर कुशल भुर्तेलसँग मिलेर सुझबुझपूर्ण साझेदारी गरे । उनीहरूले दोस्रो विकेटमा ७४ बलमा ६५ रनको साझेदारी गरे । 

शाहब आलमको बलमा आकाश चन्दबाट क्याच आउट भएका अमितले ३९ बलमा २० रन बनाए । पहिलो दिनको खेल समाप्त हुँदा पुलिसले १७ ओभरमा दुई विकेटको क्षतिमा ८५ रन बनाएको छ । कुशलले ५१ बल खेल्दै ६ चौकाको सहयोगले ५० रन बनाई क्रिजमा छन् । 

अर्जुन साउदले १३ बलको सामना गरे पनि खाता भने खोल्न भ्याएका छैनन् । आर्मीका बलरले १५ रन अतिरिक्त दिएका छन् । आर्मीका सोमपालले ६ ओभरमा २३ र शाहबले ३ ओभरमा १ मेडेन राख्दै ८ रन खर्चिएर १–१ विकेट लिएका छन् । 

भूषण

Link copied successfully