तीनपोखरी कपको उपाधि चुलाचुलीलाई 

माघ १, २०८१

दीपेन्द्र शाक्य

Chulachuli won the Tinpokhri Cup title

संखुवासभा — झापाको चुलाचुली क्लबले तीनपोखरी कप आमन्त्रित फुटबलको उपाधि जितेको छ । खाँदबारीमा मंगलबार भएको फाइनलमा चुलाचुलीले आयोजक तीनपोखरी क्लबलाई २–१ गोलले पराजित गर्‍यो । १० औं मिनेटमा तीनपोखरीका खेलाडीले फाउल गरेपछि प्राप्त पेनाल्टीमा चुलाचुलीका तीर्थ बस्नेतले गोल गरेर अग्रता दिलाएका थिए । 

दोस्रो हाफको ७ औं मिनेटमा तीनपोखरीबाट मिक्सनल लिम्बूले गोल गरी खेल बराबरीमा ल्याए । १४ औं मिनेटमा निश्चल बस्नेतले गरेको गोल चुलाचुलीका लागि निर्णायक बन्यो । प्रतियोगितामा तीनपोखरी क्लबका अभिशेषकुमार खड्का उत्कृष्ट खेलाडी घोसित भए । उत्कृष्ट गोलरक्षक चुलाचुलीका मुस्कान लिम्बू र चुलाचुलीका तीर्थ बस्नेत हाई स्कोरर घोषित भए । 

उपाधि चुलाचुलीले २ लाख २५ हजार पुरस्कार पाएको छ । तीनपोखरीको भागमा १ लाख १० हजार परेको छ । सेमिफाइनलमा पुगेको एपीएफ कोशी प्रदेश र मोरङको बुल्स ११ ले जनही २५ हजार पुरस्कार पाए । माघ २६ देखि चलेको प्रतियोगितामा ८ टिम सहभागी थिए । 

दीपेन्द्र

Link copied successfully