पुष्पसदनमा विद्यालय चेस च्याम्पियनसिप सुरु

पुस २७, २०८१

कान्तिपुर संवाददाता

School Chess Championship begins at Pushpa Sadan

काठमाडौँ — कीर्तिपुरको पुष्पसदन आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित पुष्पसदन अन्तर्राष्ट्रिय विद्यालय चेस च्याम्पियनसिप शनिबार सुरु भएको छ ।

भारतसहित नेपालकाका २ सय ५० विद्यार्थीले तीनदिने प्रतियोगितामा यू–११, यू –१३ र यू–१५ छात्र तथा छात्रा समूहमा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक केशव श्रेष्ठले जानकारी दिए ।

पहिलो दिनको दोस्रो राउन्ड सकिँदा पुष्पसदन, अन्नपूर्ण मावि, त्रियोग हाइस्कुल, स्वस्तिश्री गुरुकुललगायत स्कुलका विद्यार्थीले राम्रो खेल प्रदर्शन गरेका छन् ।  

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा सात राउन्ड चल्ने प्रतियोगिताका प्रत्येक समूहका उत्कृष्ट १० खेलाडीलाई पुरस्कृत गरिने विद्यालयका अध्यक्ष महेश श्रेठले बताए ।

उत्कृष्ट तीन विद्यालयलाई पहिलो, दोस्रो र तेस्रो छनोट गरी ट्रफी प्रदान गरिनेछ । बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयलाई समेत आमन्त्रण गरिएको थियो । सिक्किमबाट ३५ खेलाडीको सहभागिता छ ।   

कान्तिपुर

Link copied successfully