काठमाडौँ — आयोजक केएमसी स्कुलले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार तीन खेल खेल्दा दुई जित पाएको छ ।
सिनियर गर्ल्समा केएमसी ‘ए’ ले क्यानभासलाई १७–१२ स्कोरले पराजित गर्यो । विजेताका आकृषा घिमिरेले ११ स्कोर जोडिन् । सिनियर ब्वाइजमा केएमसी ‘ए’ ले केयर इङलिसलाई ३७–२६ स्कोरले हरायो । विजेताका स्वीकार श्रेष्ठले २२ स्कारे गरे । केयरविरुद्धको सिनियर गर्ल्सको खेलमा भने केएमसी ‘बी’ २२–१० ले पराजित भयो । केयरकी केलिसा दाहालले ११ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा नेरिक एकेडेमीले नेपाल सेन्ट्रललाई १७–१० तथा केयरले जनप्रेमीलाई १७–१२ ले पाखा लगाए । नेरिकका सविन खत्रीले ११ र केयरका सनम श्रेष्ठले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमा विल्सन एकेडेमीले इनोभेटिभलाई ६०–२५, क्यानभासले एभरेस्टलाई ३६–२५ र एन्जल लर्डले बालदीक्षा सदनलाई २०–१५ स्कोरले पराजित गरे । विल्सनका रेहान डंगोलले २४, क्यानभासका सुवास तामाङले १५ र एन्जल लर्डका मनीष पोखरेलले ६ स्कोर जोडे ।
प्रतियोगिताको केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले उद्घाटन गरे । सिनियर ब्वाइजमा १६, गर्ल्समा ८ र जुनियर ब्वाइजमा १२ टिम प्रतिस्पर्धी छन् ।
