अभिषेकले जापानको प्रो टेनिस खेल्ने

पुस २७, २०८१

कान्तिपुर संवाददाता

Abhishek will play pro tennis in Japan

काठमाडौँ — नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोलाले जापानमा हुने युटीआर प्रो टेनिस टुरमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

जापानको नोडामा जनवरी १३ देखि १९ सम्म हुने प्रतियोगिताका लागि अभिषेक शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

२० हजार अमेरिकी डलर पुरस्कार राशि भएको युटीआर प्रो टेनिसमा महिला र पुरुष दुवैको प्रतिस्पर्धा हुनेछ । नोडा सिटीस्थित रोयल एससी टेनिस क्लबमा हुने प्रतियोगिताको मेन्स सिंगल्समा अभिषेकले जापानका ताकेतो ताकामिसावासँग प्रतिस्पर्धा गर्नेछन् ।

विभिन्न देशका ३ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने युटीआर टुरमा नेपालबाट भाग लिने अभिषेक एक्लो प्रतिस्पर्धी हुन् ।

गत मंसिरमा बहराइनमा भएको डेभिस कपमा नेपाललाई एसिया/ओसियाना क्षेत्रमा डिभिजन ५ बाट चौथोमा उकाल्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

कान्तिपुर

Link copied successfully