यू-१९ विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

पुस २६, २०८१

कान्तिपुर संवाददाता

Farewell to the U-19 World Cup Nepali team

काठमाडौँ — यू-१९ महिला विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोलीको बिदाइ कार्यक्रम राखेको हो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्कालगायतले नेपाली शुभकामना दिएका थिए । नेपाली टोली शनिबार दिउँसो मलेसिया प्रस्थान गर्नेछ । 

क्यानले यसअघि नै यू–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिसकेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको छ ।

Farewell to the U-19 World Cup Nepali teamतस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् ।

गत महिना भएको यू–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यू–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन् ।

Farewell to the U-19 World Cup Nepali teamनेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्यान्डसमेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

Farewell to the U-19 World Cup Nepali team

कान्तिपुर

Link copied successfully