चाबहिल भेट्रान फुटबलको क्वाटरफाइनलमा

पुस २५, २०८१

कान्तिपुर संवाददाता

Chabhil Veterans in the quarterfinals of football

काठमाडौँ — चाबहिल भेट्रान दोस्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनल पुगेको छ । जावलाखेल मैदानमा चावहिलले डिफेन्डिङ च्याम्पियन कुपन्डोल ४० प्लस भेट्रानलाई ३–० गोलले पराजित गर्‍यो । चावहिलका अजब श्रेष्ठले २ र राजनलाल नेपालीले १ गोल गरे ।

कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगितामा थर्ड आई क्लब, आईयूएफसी र आयोजक कुसुन्ती ‘बी’ पनि क्वाटरफाइनलमा पुगे ।

थर्ड आईले आयोजक कुसुन्ती ‘ए’ लाई १–० ले हराउँदा विश्व बैरागीले निर्णायक गोल गरे । आईयूएफसीले बीआर ब्रदर्सलाई ४–१ ले हरायो । विजेताका यम गुरुङले २, विनोद महर्जन र कुमार शाहीले १–१ गोल गरे ।

कुसुन्ती ‘बी’ ले बुढानीलकण्ठ भेट्रानलाई २–१ गोलले पन्छायो । कुसुन्तीाट दुवै गोल कृष्णबहादुर राईले गरे । बूढानीलकण्ठका अर्जुन लामाले एक गोल फर्काए ।

कान्तिपुर

Link copied successfully