पाकिस्तानलाई हराएर दक्षिण अफ्रिका टेस्ट तालिकाको शीर्षमा

पुस २३, २०८१

कान्तिपुर संवाददाता

South Africa beat Pakistan to top Test table

काठमाडौँ — दक्षिण अफ्रिकाले सोमबार पाकिस्तानलाई दोस्रो टेस्टमा १० विकेटले पराजित गर्दै दुई टेस्टको सिरिज ह्वाइटवास गरेको छ । यो जितसँगै दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पिनयसिप तालिकाको शीर्षमा रहने निश्चित भएको छ ।

केपटाउनमा जितका लागि ५८ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले बिना कुनै विकेटको क्षति त्यसलाई हात पारेको हो । दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा ६ सय १५ रनको उच्च स्कोर खडा गरेपछि जितको आधार तय भएको थियो ।

फलो अनमा परेको पाकिस्तानले आफ्नो दोस्रो इनिङ्समा ४ सय ७८ रन बनाए पनि दक्षिण अफ्रिकामाथि दबाब सिर्जना गर्न असफल रह्यो । पाकिस्तान पहिलो इनिङ्समा सस्तोम १ सय ९४ र बनाएर अलआउट भएको थियो ।

अब जुनमा हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्नेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully