फिदिम भेट्रान्स गोल्डकप माघमा

पुस २३, २०८१

कान्तिपुर संवाददाता

Fidim Veterans Gold Cup in January

पाँचथर — फिदिम माविको खेल मैदानमा भेट्रान्स कप फुटबल प्रतियोगिता माघ ९ देखि १२ सम्म हुने भएको छ । प्रतियोगितामा नेपालका ७ र भारतका १ टिम सहभागी हुनेछन् । आयोजक फिदिम भेट्रान्स क्लबले टिमा दुई ३८ वर्ष पूरा भएका र बाँकी ४० वर्ष पार गरेका खेलाडी सहभागी गराउन पाउने जनाएको छ ।

प्रतियोगितामा आयोजक फिदिम भेट्रान्स क्लब, युनाइटेड फ्रेन्ड्स क्लब बुङकुलुङ दार्जिलिङ, धरान भेट्रान्स सुनसरी, दुधे भेट्रान्स झापा, रेड स्टार भेट्रान्स झापा, गोरख भेट्रान्स इलाम, बौद्ध भेट्रान्स पाँचथर र मोरङ भेट्रान्सको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।

२० लाख लागतमा हुने प्रतियोगिता विजेताले १ लाख ५ हजार ५ सय ५५ र दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई पुरस्कार दिइने छ । जिल्लामा भेट्रान्स कप गरिएको यो दोस्रो पटक हो । गत वर्ष पाँचथरको नवमीडाँडास्थित सिद्धदेवी माविको मैदानमा प्रतियोगिता गरिएको थियो । त्यसमा इलाम भेट्रान्सले उपाधि जितेको थियो ।

कान्तिपुर

Link copied successfully