कबड्डी लिग खेल्न थाइल्यान्डका ६ खेलाडी  

पुस २३, २०८१

कान्तिपुर संवाददाता

6 players from Thailand to play Kabaddi League

काठमाडौँ — आसन्न नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन् ।

विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई भित्र्याएको हो । तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध भएका छन् । रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमान्डु माभरिक्सबाट खेल्नेछन् ।

एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमित बेगानीले यसअघि बंगलादेश र केन्याबाट ५ खेलाडी तथा भारतबाट २ प्रशिक्षक आइसकेका जनाएका छन् । विदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने उनले बताए ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि एनकेएलको पहिलो सिजन सुरु हुनेछ । फ्रेन्चाइज प्रतियोगितामा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर

Link copied successfully